ट्रक र कार ठोकिँदा एकै परिवारका १० जनाको मृत्यु

ट्रक र कार एक आपसमा ठोकिँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतको गुजरातको आणन्दस्थित तारापुर हाइवेमा बुधबार बिहान ट्रक र कार ठोकिँदा १० जनाको घटनास्थलमै मृत्यु भएको हो ।

कारमा सवार यात्री सबै सुरतबाट भावनगर जाँदै थिए । सोही बेलामै तारापुरको इन्द्रनज गाउँको नजिक कार र ट्रक एक आपसमा ठोकिएका थिए । 

मर्नेहरूमा दुई महिला, सात पुरुष र एक बच्चा रहेका छन् । 
 





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार ९:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया