गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ मा विश्वासको मत लिँदै

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। 

गत जेठ २९ गते प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। सदनमा आर्थिक वर्ष २०७८/७९ को बजेटमाथि छलफल हुनु पहिले नै मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी गरेका हुन्। 

माओवादी, जनमोर्चासहितका दलको साथ पाएर उनी मुख्यमन्त्री बनेका थिए। संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। तर उनले चाँडै नै विश्वासको मत लिने तयारी थालेका हुन् ।

मुख्यमन्त्री बन्‍ने क्रममा नेपाली कांग्रेस दलका नेता उनलाई जसपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले साथ दिएका थिए। जनमोर्चाका अर्का सांसद कृष्ण थापाको पद गएपछि अब उनले संसदमा ३० जनाको साथ पुष्टि गरे पुग्छ। 





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १४:३७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया