नेपाल सिधै एसियन कप छनोटको तेस्रो चरणमा

नेपाल सन् २०२३ मा चीनका आयोजना हुने एसियन कपको छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ ।

एसियन फुटबल फेडेरेसन (एएफसी) ले परिमार्जित गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपाल सिधै छनोटको तेस्रो चरणमा प्रवेश गरेको हो ।

एएफसीको नयाँ ढाँचा अनुसार नेपालले प्ले अफ खेल्नु नपर्ने भएको छ । विश्वकप तथा एसियन कप संयुक्त छनोटको दोस्रो चरणमा समूह ‘बी’ मा रहेको नेपाल ६ अंकका साथ चौथो स्थानमा थियो ।

नेपालले चाइनिज ताइपेइलाई दुवै खेलमा पराजित गर्दा अस्ट्रेलिया, कुवेत र जोर्डनसँगका दुवै खेल गुमाएको थियो ।

यसअघि दोस्रो चरणको छनोटमा चौथो स्थानमा रहने पुच्छरका ४ र पाँचौं स्थानमा रहने सबै टिमले प्ले अफ खेल्नु पर्ने नियम थियो ।

एएफसीले परिमार्जन गरेको नियमअनुसार चौथो स्थानमा रहने सबै र पाँचौं स्थानमा रहने शीर्ष ३ टोलीले सिधै तेस्रो चरणमा स्थान बनाएका हुन् ।



अब पाँचौं स्थानमा रहने पुच्छरका ४ टोली चाइनिज ताइपेइ, इन्डोनेसिया, कम्बोडिया र गुआमले मात्र प्ले अफ खेल्नु पर्ने भएको छ ।

प्ले अफका शीर्ष दुई टोलीले पनि एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छन् । छनोटको तेस्रो चरणमा २४ टोली रहने छन् ।



एएफसीले उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि ढाँचा परिमार्जन गरेको हो ।

  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १६:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया