जुलाई १६ मा फरहानको 'तुफान' रिलिज हुने


बलिउड अभिनेता फरहान अख्तरको चलचित्र ‘तुफान’ जुलाई १६ मा  अमेजन प्राइम मार्फत रिलिज हुने भएको छ।

चलचित्र ‘तुफान’ले गएको मे २१ का लागि रिलिज डेट लिएको थियो । कोरोना महामारीका कारण चलचित्रको उक्त रिलिज डेट स्थगित भएको थियो ।

आफ्नो चलचित्रको रिलिज डेट सार्वजनिक गर्दै फरहानले ट्विटरमा लेखेका छन्, ‘हाम्रो देशका सुन्दर व्यक्तिहरूको माया, नम्रता र लड्ने आत्मबलका कारण हाम्रो चलचित्र ‘तुफान’ यही जुलाई १६ मा रिलिज हुँदैछ ।’

फरहानले अघिल्लो महिना यही चलचित्रलाई लिएर एक विज्ञप्ति निकालेका थिए । उनले कोरोनाले सिर्जना गरेको कठिन परिस्थितिका कारण चलचित्रको रिलिज मिति पोस्टपोन्ड गर्न लागेको बताएका थिए ।

राकेश ओमप्रकाश मेहराले निर्देशन गरेको ‘तुफान’मा अभिनेता फरहान एक राष्ट्रिय स्तरका बक्सिङ खेलाडीको भूमिकामा देखिने छन् । उनका साथमा चलचित्रमा मृणाल ठाकुर, परेश रावल, सुप्रिया पाठक कपुर र हुसेन दलाल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

 





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार ११:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया