महन्थले आयोगमा बुझाए थपिएका कार्यकारिणी समितिको विवरण

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रथम अध्यक्ष महन्थ ठाकुर पक्षले थपेका कार्यकारिणी समिति सदस्यको विवरण निर्वाचन आयोगलाई बुझाइएको छ ।

कार्यकारिणी समितिमा अल्पमतमा परेपछि अध्यक्ष ठाकुरले आफ्नो पक्षबाट २० जना सदस्य थपेका छन्। थपिएका नाम दर्ता किताबमा अध्यावधिकका लागि मंगलबारै उनले आयोगमा दर्ता गराएका हुन्। 

जेठ ३० गते नै आयोगले एकजना अध्यक्ष अर्थात उपेन्द्र यादव या ठाकुरले मात्रै कसैलाई हटाउन वा राख्न नमिल्ने निर्णय गरेको थियो । तर ठाकुरले २० जनाको नाम थपेर आयोगमा अध्यावधिकका लागि पठाएका हुन्। 

ठाकुरले कार्यकारिणी समितिमा बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा.विजय सिंहको नाम थपेका हुन्। 

त्यस्तै नाम थपिनेहरूमा कृष्ण सिंह, परमेश्‍वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा.सुरेन्द्र झा पनि छन्। थपिएका २० जना नै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर नेताहरु हुन्।  





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १४:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया