कांग्रेसको तयारी : साउन १२ गते वडा अधिवेशन थालेर भदौ २९ भित्र महाधिवेशन सक्ने

नेपाली कांग्रेसले आफूलाई १४ औँ महाधिवेशनतर्फ केन्द्रित गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले १४ औँ महाधिवेशन लक्षित कार्यक्रम साउन १२ गतेदेखि सुरु गर्ने गरी प्रस्ताव अघि सारेको हो।

बैठकपछि पत्रकारहरुसँग बोल्दै सह-महामन्त्री डा. प्रकाशशरण महतले वडाको अधिवेशन साउन १२ गते सक्ने गरी प्रस्ताव गरिएको बताए। 'साउन १२ गतेदेखि वडाबाट अधिवेशन सुरु गर्ने करिब करिब सहमति जुटेको छ। केन्द्रीय महाधिवेशन कार्यक्रम भदौ १६ देखि थाले २९ सम्म सक्ने तयारी गरेका छौँ।' 

यो कार्यतालिका अनुसार अब कांग्रेस महाधिवेशनमा होमिएको उनले बताए। 'भदौमा महाधिवेशन गर्नैपर्ने संवैधानिक सीमालाई ध्यानमा राखेर काम थालेका छौँ। अधिवेशन सक्ने मनसायका साथ काम भइरहेकाले यसबारेमा आजको बैठकमा पनि कुरा भएको छ', उनले भने, 'आज त्यसकैबारे विस्तृत छलफल भयो।'

उनले कोभिडको संकट चलिरहे पनि संवैधानिक बाध्यताका कारण भदौभन्दा पछाडि जान नसकिने कुराबारे आजको बैठकमा छलफल भएको बताए। कांग्रेसले १३ औँ महाधिवेशनबाट निर्वाचित कमिटीको एक वर्ष र ६ महिना गरी २ पटक म्याद थपिसकेको छ। अब भदौभन्दा उता जान संविधानले नै नदिने भएपछि कांग्रेस बाध्य भएर महाधिवेशन सक्ने रणनीतिमा लागेको हो। 

भिडियो



 



  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १७:१३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया