बञ्चरो प्रहार गरी आफ्नै श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ
प्रतीकात्मक तस्वीरक

दाङमा बञ्चरो प्रहार गरी आफ्नै श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

जिल्लाको घोराही उपमहानगरपालिका-३ बेलुवा बस्ने ५७ वर्षीय मुकुन्दलाल चौधरी पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार मुकुन्दलालले घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर ४६ वर्षीया श्रीमती स्यानाकुमारी चौधरीको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । 

प्रहारबाट घाइते भएकी स्यानाकुमारीलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 


 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार ७:४१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया