जाजरकोटको कुशे गाउँपालिकाको जलजला पाटन क्षेत्रमा बेपत्ता भएका सातैजना सशुकल भेटिएका छन् । प्रहरी र स्थानीय वासिन्दाको खोजीमा सातैजनाको उद्धार भएको हो । वस्तुभाउ हेर्न गएका सातै जना गत वैशाख ३१ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
प्रहरीका अनुसार जलजला तालको एक खोचमा सातैजना गुटमुटिएर बसेको अवस्थामा भेटिएका थिए । खानेकुरा केही पनि खान नपाएकाले उनीहरू भोक र चिसोले निकै गलेका थिए । अहिले उनीहरूलाई घरतिर पठाइँदैछ ।
भेटिनेहरूमा जिल्लाको कुशे गाउँपालिका-८ र ९ का ३५ वर्षीय दिलबहादुर खड्का, २८ वर्षीया चन्द्रा खड्का, २५ वर्षीय विक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीय धनसरा खड्का र ९ का ४० वर्षीय कृष्णा रोकाय रहेका छन् ।
हावाहुरीसहितकाे पानीमा ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीय गंगा खड्काले ज्यान बचाउन सफल भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।