स्मिथ टेस्ट वरियताको शीर्ष स्थानमा
फरकधार / ४ असार, २०७८

अस्ट्रेलियाका स्टिभ स्मिथ आइसिसी टेस्ट वरियतामा ब्याट्सम्यानतर्फको  शीर्ष स्थानमा उक्लिएका छन् । उनले न्युजिल्यान्डका कप्तान केन विलियमसनलाई पछि पारेका हुन् ।

आइसिसीको नयाँ वरियता अनुसार शीर्ष स्थानमा उक्लिएका स्मिथले ८९१ रेटिङ प्वाइन्ट प्राप्त गर्दा दोस्रो स्थानका विलियमसनको ८८६ रेटिङ प्वाइन्ट छ ।  अस्ट्रेलियाका मार्नुस लाबुसेन तेस्रो स्थानमा कायम रहँदा भारतीय कप्तान विराट कोहली एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका छन् ।

इङ्ल्यान्डका कप्तान जो रुट १ स्थान तल झरेर पाँचाैं स्थानमा पुग्दा, भारतका ऋषभ पन्त छैटौं र रोहित शर्मा सातौं स्थानमा यथावत छन् ।

न्युजिल्यान्डका  हेनरी निकोलस, अस्ट्रेलियाका डेविड वार्नर र पाकिस्तनाका बबार अजाम क्रमश: आठौंदेखि १० औं स्थानमा कायम छन् ।

बलिङतर्फ अस्ट्रेलियाका प्याट कमिन्स ९०८ रेटिङ प्वाइन्टका साथ शीर्ष स्थानमा र भारतका रविचन्द्रन आश्विन ८५० रेटिङ प्वाइन्टका साथ दोस्रो स्थानमा कायम छन् ।
न्युजिल्यान्डका टिम साउदी, अस्ट्रेलियाका जोस हेजलउड, न्युजिल्यान्डका निल वाग्नर, इङ्ल्यान्डका स्टुआर्ट बोर्ड, दक्षिण अफ्रिकाका कागिसो रवाडा, इङ्ल्यान्डका जेम्स एन्डरसन, वेस्ट इन्डिजका जेसन होल्डर र अस्ट्रेलियाका मिचेल स्टार्च क्रमश: तेस्रो देखि १० औं स्थानमा छन् ।

अलराउन्डरतर्फ वेस्ट इन्डिजका जेसन होल्डर शीर्ष र भारतका रविन्द्र जडेजा दोस्रो स्थानमा कायम छन् ।  

होल्डरले ४१२ रेटिङ प्वाइन्ट प्राप्त गर्दा जडेजाले ३८६ रेटिङ प्वाइन्ट प्राप्त गरे ।

इङ्ल्यान्डका वेन स्टोक्स, भारतका रविचन्द्रन आश्विन, बंगलादेशका शाकिब अल हसन, न्युजिल्यान्डका काइल जेमिसन, अस्टेलियाका मिचेल स्टार्च, प्याट कमिन्स, न्युजिल्यान्डका कोलिन डि ग्रान्डहोम र इङ्ल्यान्डका क्रिस वोक्स क्रमश ः तेस्रो देखि १० औं स्थानमा छन् । 


 

  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १५:२८:३६,   अन्तिम अपडेट : असार ४, २०७८ शुक्रबार १५:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया