प्रेम र समर्पणलाई चित्रण गरिएको गीत 'तिम्रो मुहारमा...' को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रमोद भट्टराई प्रतीकको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको गीतमा प्रवीण बेडवालले आवाज भरेका छन् । भिडियोमा नायक श्रीदेव भट्टराई र मोडल नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।
ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोमा विमला तामाङको सौन्दर्यविन्यास, अजय रेग्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको यस गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।