गण्डकी प्रदेशसभा : विश्वासको मतका लागि मत विभाजन सुरु

गण्डकी प्रदेशसभामा आज नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्। 

विश्वासको मतका लागि मत विभाजन सुरु भएको छ । सभामुखले पक्ष र विपक्षमा मत जाहेर गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरिसकेका छन् । सांसदहरु पक्ष विपक्षमा मतदान गरिरहेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पोखरेलले १६८ को उपधारा ६ अनुसार विश्वासको मत लिन लागेका हुन्  । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। 

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि अहिले गण्डकी प्रदेशसभा ५९ सदस्यीय भएको छ । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत पाउन ३० सांसदको मत आवश्यक छ । यदी मुख्यमन्त्रीले विश्वासको मत नपाएमा प्रदेशसभा विघटन हुन्छ । ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १६:१२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया