स्पेनिस फुटबल टिमका कप्तान सजिर्यो बुस्केट्स कोरोना मुक्त भएर युरो कप खेल्ने टोलीमा सामेल भएका छन् ।
स्पेनिस फुटबल संघले शुक्रबार उनको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएको हो ।
कोरोना पुष्टि भएपछि उनले युरो कप अन्तर्गत स्विडेन विरुद्धको पहिलो खेल गुमाएका थिए । यो खेलमा स्पेन गोलरहित बराबरीमा रोकिएको थियो ।
समूह ‘इ’ मा रहेको स्पेन १ अंकका साथ तेस्रो स्थानमा रहँदा स्लोभाकिया ३ अंकका साथ शीर्ष स्थानमा छ ।
उसले आफ्नो दोस्रो खेलमा शनिबार पोल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा बुस्केट्स उपलब्ध हुने स्पेनिस फुटबल संघले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।