वर्षको चौंथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनमा सतप्रतिशत दर्शकले प्रवेश पाउने भएका छन् ।
आयोजकले एक विज्ञप्ति निकाल्दै प्रतियोगिता सतप्रतिशत दर्शकका साथ आयोजना गरिने बताएको छ ।
युएस ओपन अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म अमेरिकाको न्युयोर्क सहरमा आयोजना हुँदैछ । यसका लागि जुलाई १५ देखि टिकट बिक्री खुला गरिने छ ।
हार्ड कोर्टमा खेलिने यो प्रतियोगिता गत वर्ष कोरोना महामारीका कारण दर्शकबिना आयोजना गरिएको थियो ।
युएस ओपन कोरोना महामारीपछि अमेरिकामा पूर्ण दर्शक क्षमताका साथ आयोजना गरिने पहिलो प्रतियोगिता हुने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।