राष्ट्रिय युवा संघ नेपालले ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता गर्ने
प्रथमलाई २ लाख ५० हजार

 राष्ट्रिय युवा संघ नेपालले ‘म केही गर्छु’शीर्षकमा लघु फिल्म प्रतियोगिता गर्ने भएको छ ।

लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाका लागि समयको सदुपयोग गराई सिर्जनात्मक रुपमा सक्रिय बनाउने उद्देश्यसहित हुन लागेको यो प्रतियोगितामा जोकोही नेपालीले सहभागिता हुन पाउने बताइएको छ ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलद्वारा जारी विज्ञप्तिमा प्रतियोगितामा सहभागी हुन चाहने फिल्मकर्मीले  ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही यही असार २५ सम्ममा स्क्रिप्ट पठाइसक्नु पर्नेछ । संकलित स्क्रिप्ट विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेसमेत विज्ञप्तिमा जनाइको छ ।

प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ । 

राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक छ भने यसलाई नेसनल युथ काउन्सिलले प्रवर्धन गर्नेछ । प्रतियोगितामा चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पिनेस र प्रमोटर्स नेपालको सहयोग रहने जनाइएको छ।

प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रोले १ लाख ५० हजार र तेस्रो स्थान प्राप्त गर्ने फिल्मले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १९:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया