युरो कप : स्लोभाकियालाई हराउँदै स्विडेन शीर्ष स्थानमा

युरो कप अन्तर्गत शुक्रबारको खेलमा स्विडेन विजयी भएको छ । उसले रूसको सेन्ट पिटर्सवर्गमा स्लोभाकियामाथि १-० को कठिन जित निकालेको हो ।

खेलको ७७ औँ मिनेटमा इमिल फोर्सवर्गले पेनाल्टीमार्फत् गरेको एक मात्र गोल स्विडेनलाई जित दिलाउन पर्याप्त बन्यो ।

स्लोभाकियाका गोलरक्षक मार्टिन डुब्राभकाले रोबिन क्वाइसनलाई लडाएपछि स्विेडनले पेनाल्डीको अवसर पाएको थियो ।

जितसँगै स्विडेन २ खेलबाट ४ अंक जोड्दै समूह ‘इ’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित स्लोभाकिया ३ अंकका साथ दोस्रो स्थानमा छ ।

स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेल्दा स्लोभाकियाले पोल्यान्डमाथि २-१ को जित हात पारेको थियो ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार २१:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया