शुक्रबार राति मेलम्चीमा बाढीः यसअघिको भन्दा चार मिटर बढी, लेदो र ढुंगामुढा

१ असारमा बाढीले वितण्डा मच्चाएको मेलम्ची क्षेत्रमा विपत्ति थप बढ्ने अनुमान गर्न सकिन्छ । शुक्रबार राति मेलम्ची क्षेत्रमा झन् ठूलो बाढी आएकाले यसलाई अनुमान गर्न सकिएको हो ।

स्थानीयहरुले अहिले सामाजिक सन्जालमा यसअघिको भन्दा ठूलो बाढी आएको बताउँदै फेसबुकमा भिडियो हालिरहेका छन् ।

तीमध्ये एक हुन्, डम्बर भारती । भारतीले शुक्रबार राति मेलम्ची नदीमा यसअघि भन्दा चार मिटर माथिसम्म बाढी आएको जानकारी दिएका छन् । उनले सामाजिक सन्जालमा भिडियो राख्दै सबैलाई सचेत रहन पनि अनुरोध गरेका छन् ।

यो क्षेत्रमा यसअघि बाढीले वितण्डा मच्चाइसकेको छ । त्यहाँ विद्युत् प्रसारण पनि अवरोध भएको छ ।

मेलम्ची क्षेत्रमा अहिले पानी नपरे पनि माथिबाट ढुंगा र माटोको लेदो झन् बढी आएको सामाजिक सन्जालमा स्थानीयले बताएका छन् ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार २२:८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया