युवा परिषदमा चौलागाईं र सहकारी बोर्डमा देवकोटा
बागमती प्रदेशको युवा परिषद् उपाध्यक्षमा नियुक्त सन्तोष चौलागाईं (माला लगाएका)

बागमती प्रदेश सरकारले युवा परिषद्को उपाध्यक्षमा सन्तोष चौलागाईं र सहकारी बोर्डको उपाध्यक्षमा नारायणप्रसाद देवकोटालाई नियुक्त गरेको छ । 

प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले युवा परिषद् र सहकारी विकास बोर्डको कार्यकारी उपाध्यक्षमा दुई जनालाई नियुक्त गरेको हो । 

बागमती प्रदेशको युवा परिषदको उपाध्यक्षमा नियुक्त भएका चौलागाईं मकवानपुर एमालेका प्रभावकारी नेता मानिन्छन् ।   

बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षका लागि १६ जनाले आवेदन दिएका थिए । उनीहरूमध्ये सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो । जसमा मकवानपुरका सन्तोष चौलागाई छनोट भएका हुन् । प्रदेश युवा परिषद्को अध्यक्ष सामाजिक विकास मन्त्री हुने व्यवस्था छ । प्रदेश परिषद् ऐन बनाएको २ वर्षपछि मात्रै सरकारले उपाध्यक्ष नियुक्त गरेको हो ।

सहकारी विकास बोर्डको कार्यकारी उपाध्यक्षमा नियुक्त भएका देवकोटा पनि हेटौंडाकै बासिन्दा हुन् । देवकोटा  राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सञ्चालक, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष तथा मकवानपुर सहकारी संघको अध्यक्ष समेत रहेका छन् ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार २२:२१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया