काेराेनाका कारण मिल्खा सिंहकाे निधन

भारतका चर्चित धावक मिल्खा सिंहको निधन भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि उनी केही दिनअघि भारतको चण्डीगढस्थित अस्पतालमा भर्ना भएका थिए ।

९१ वर्षका मिल्खा सिंह भारतका चर्चित धावक हुन् । 

३ जुनमा नै उनलाई कोरोनाभाइरस संक्रमण भएको थियो । तर, १३ जुनमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । पाँच दिन अघि मात्र उनकी पत्नी निर्मल मिल्खा सिंहको पनि कोरोनाका कारण निधन भएको थियो ।

फ्लाइङ सिखको नामबाट पनि चिनिने मिल्खा सिंह भारतका एक मात्र त्यस्ता धावक हुन् जसले एशियाली खेलका साथसाथै कमनवेल्थ खेलमा पनि स्वर्ण पदक जितेका थिए ।

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै दुःख जनाएका छन् ।





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार ३:११:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया