युरो कप अन्तर्गत शनिबार बिहान भएको खेलमा उपाधि दावेदार टोली इङ्ल्याण्ड स्कटल्याण्डसँग रोकिएको छ । समूह डी मा रहेका इङ्ल्याण्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेलेका हुन् ।
खेलमा इङ्ल्याण्डले स्कटल्याण्डमाथि निकै दवाव बनाएर पनि जित कुनै गोल गर्न भने सकेन । स्कटल्याण्डले पनि केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेन । पहिलो खेलमा पनि क्रोएसियासँग जित निकालेको इङ्ल्याण्ड कमजोर मानिएको स्कटल्याण्डसँग बराबरी खेलेको हो ।
पहिलो खेलमा चेक गणतन्त्रसँग हार व्यहोरेको स्कटल्याण्ड अंकबिहीन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।