कोपा अमेरिका : अर्जेन्टिनाको कठिन जित
फरकधार / ५ असार, २०७८

कोपा अमेरिका अन्तर्गतको खेलमा  अर्जेन्टिना विजयी भएको छ । भर्खरै सकिएको खेलमा  अर्जेन्टिनाले बदियो प्रतिद्वन्द्वी उरुग्वेलाई १–० ले हराएको हो । यस  अर्जेन्टिनाका लागि यस प्रतियोजिताको यो पहिलो जित हो । 

खेलको १३औँ मिनेटमा मिडफिल्डर गुइदो रोड्रिगेजले गरेको गोलले नै  अर्जेन्टिनालाई जित दिलाएको हो । 

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा उरुग्वेले अर्जेन्टिनामाथि निकै दवाव बनाएको थियो । दोस्रो हाफमा भने अर्जेन्टिना पनि आक्रमणमा उत्रियो । सुरुमै गोल गर्दा अर्जेन्टिना जित निकाल्न सफल भयो । 

यसअघिको खेलमा अर्जेन्टिना चिलीसँग १–१ को बराबरीमा रोकिएको थियो । उरुग्वेले पहिलो खेल खेलेको हो । 

  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार ७:४६:२७,   अन्तिम अपडेट : असार ५, २०७८ शनिबार ७:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया