नेपाल आइपुगे फुटबलका मुख्य प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् ।

उनी शनिबार नेपाल एयरलाइन्सको जहाजमार्फत् कतारको दोहा हुँदै नेपाल आइपुगेका हुन् ।

अलमुताइरीको नेतृत्वमा नेपालले ४ खेल खेलको छ । नेपालले इराकसँग मैत्रीपूर्ण तथा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग विश्वकप तथा एसियन कप संयुक्त छनोट अन्तर्गत दोस्रो चरणका बाँकी ३ खेल खेलेको हो ।

नेपालले मे २९ मा इराकसँग मैत्रीपूर्ण खेल, जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग छनोटका बाँकी खेल खेलेर नेपाली टोली जुन १२ मा स्वदेश फर्किएको थियो ।

प्रशिक्षक अलमुताइरी भने व्यक्तिगत कारण देखाउँदै कुवेतमै बसेका थिए ।  

केही दिनको क्वारेन्टाइन बसाइपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनीसँग साफ च्याम्पियनसिपको तयारीका बारेमा छलफल गर्ने छ । 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार ११:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया