मास्कबाट मुक्त हुँदै स्पेन

युरोपियन मुलुक स्पेनमा सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोगको नियम हटाइने भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले स्पेनमा मास्कको अनिवार्यता सम्बन्धी नियम हटाइने बताएका हुन् । 

प्रधानमन्त्री साञ्चेजले आगामी सातादेखि स्पेनमा सार्वजनिक स्थलमा मास्कको अनिवार्य प्रयोगको नियम हटाइने घोषणा गरेका छन् । उनले शुक्रबार बार्सिलोनाबाट यस्तो घोषणा गरेका हुन् । 

इकोनोमिक फोरमको एक कार्यक्रममा सम्बोधनका क्रममा प्रधानमन्त्री साञ्चेजले आफूले जुन २६ देखि स्पेनमा मास्कको अनिवार्यता सम्बन्धी नियम हटाउन लागेको बताएका हुन् । 

सार्वजनिक स्थलमा मास्कको अनिवार्य प्रयोगसम्बन्धी नियम जुन २६ देखि हटाउने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारीमा आफू रहेको उनले बताए । सामाजिक दूरी कायम गर्नसक्ने ठाउँमा मास्कको अनिवार्य प्रयोग हटाउने उनको तयारी छ । 

तर, १.५ मिटरको दूरी कायम गर्न नसकिने सार्वजनिक स्थलहरुमा भने मास्कको प्रयोग अनिवार्य नै रहने प्रधानमन्त्री साञ्चेजले बताएका स्पेनिस पत्रिकाले लेखेको छ । स्पेनमा अहिले कोरोना विरुद्धको खोप अभियान चलिरहेको छ । 

यससँगै कोराना महामारीको चरम संकटमा फसेर दुई पटकसम्म संकटकाल घोषणा गरेको स्पेन सामान्य लयमा फर्कन थालेको संकेत देखिएको छ । स्पेनमा अहिले कोरोना महामारी सामान्य अवस्था उन्मुख रहेको छ । 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १३:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया