चितवनमा अवैध उत्खनन गर्ने २१ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको कालिका र रत्ननगर नगरपालिकाका विभिन्न स्थानबाट अवैध उत्खननमा प्रयोग भएका विभिन्न २१ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार कालिका नगरपालिका ८, रत्ननगर १४ र १६ स्थित कयर खोलामा अवैध उत्खनन कार्यमा संलग्न सवारीसाधनहरू प्रहरीले नियन्त्रणमा लिएको हो ।
अवैध उत्खननमा सक्रिय एउटा जेसिबी, २ वटा टिप्पर र १८ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उक्त सवारीसाधनलाई नियन्त्रणमा लिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।