स्वास्थ्य सामग्री लिएर गएकी स्वास्थ्यकर्मी जंगलमा मृत फेला, हत्याको आशंका

डडेल्धुरामा एक स्वास्थ्यकर्मी जंगलमा मृत फेला परेकी छन् । परशुराम नगरपालिका-८ स्थित जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अस्मिता धामी मृत फेला परेकी हुन् । 

हट्टवानी सामुदायिक वनमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव भेटिएको जानकारीपछि इलाका प्रहरी कार्यालय जोगबुढा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा गएको छ । 

धामीको हत्या गरेर जंगलमा फालेको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा गएको टोलीसँग सम्पर्क नहुँदा घटनाबारे विस्तृत जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी महेन्द्र नेपालले बताए ।

‘शव फेला परेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतिर गएको छ । मौसम खराब हुँदा टेलिफोन सम्पर्क हुन सकेको छैन’, डिएसपी नेपालले भने । 

धामी असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुढा अस्पताल गएकी थिइन् । त्यही दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएको थियो । 

सोधखोज गर्ने क्रममा जंगलमा धामीको शव फेला परेको डिएसपी न्यौपानेले बताए ।  स्थानीयका अनुसार शव विभत्स रूपमा देखिएकोले कसैले हत्या गरेर फालेको हुनसक्छ ।





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १५:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया