डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोसले गरे नेपाली स्वास्थ्यकर्मीकोे प्रशंसा

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसले नेपाली स्वास्थ्यकर्मीहरुको प्रशंसा गरेका छन् । मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीले कोरोना खोप खोला तारेको भिडियो ट्विट गर्दै उनले प्रशंसा गरेका हुन् ।

सो भिडियो नेपालका सामाजिक सञ्जालमा यसअघि नै भाइरल भएको थियो । गत असार १ गते मुस्ताङको छापताङ खोला बढेपछि खोप बगाउने डरले स्वास्थ्यकर्मीले लठ्ठीको सहाराले खोप खोला तारेका थिए । सो भिडियो सेयर गर्दै महानिर्देशक टे«डोसले प्रशंसा गरेका हुन् ।


महानिर्देशक टेड्रोसले ट्विटमा भनेका छन्, ‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्, धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’

टेड्रोसले खोपको समान वितरणका लागि शक्ति र कर्तव्यअनुसार सकेजति गर्नुपर्ने उल्लेख गर्दै भनेका छन्, ‘अहिले नगरे कहिले गर्ने ?’

 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १६:२९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया