एसियन भलिबल च्याम्पियनसिपबाट यी ५ राष्ट्रले फिर्ता लिए नाम

एसियन भलिबल च्याम्पियनसिपमा ५ राष्ट्रले भाग नलिने भएका छन् । एसियन भलिबल संघका अनुसार प्रतियोगिताबाट ५ टोलीले नाम फिर्ता लिएका हुन् । 

च्याम्पियनसिपबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्यान्डले आफ्नो नाम फिर्ता लिएका हुन् । फिलिपिन्समा आगामी भदौ १३ गतेदेखि २० गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा यी टोलीले भाग नलिने भएका हुन् । 

अब प्रतियोगितामा नेपालसहित १२ टोलीले मात्रै सहभागिता जनाउनेछन् । एक साता चल्ने च्याम्पियनसिपमा अब नेपालसहित आयोजक फिलिपिन्स, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, कजाकस्तान, ताइपेई , इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान र हङकङ खेल्नेछन् । 

सुरुवातमा चीनले आयोजना गर्ने तय भएको प्रतियोगितामा १६ टोलीको सहभागिता तय भएको थियो । तर, चीनले आयोजना नगर्ने भएपछि फिलिपिन्स आयोजकका रुपमा सहभागी हुँदा १७ टोलीबीच प्रतिस्पर्धा हुने तय भएको थियो । 

च्याम्पियनसिपमा लागि नेपाली महिला टोलीको प्रशिक्षण असार १ गतेदेखि नै राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्ड हलमा सुरु भइसकेको छ । प्रशिक्षणमा ३० खेलाडी समावेश छन् । 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १६:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया