उपत्यकामा थप ३३७ जनामा संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंमा २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जना रहेका छन् । पछिल्ला समयमा उपत्यकामा संक्रमितको संख्या घट्दै गइरहेको छ । 

यसै गरी पछिल्लो २४ घन्टामा देशभर २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको छ भने ३४ जनाले ज्यान गुमाएका छन् । 
 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १७:८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया