कोरोना संक्रमित पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

नेपाली कांग्रेस सुर्खेतका युवा नेता एवम् पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुुर विष्टको निधन भएको छ । कोरोना संक्रमित विष्टको आज बिहान ५ बजेतिर निधन भएको हो ।

उनको मेडिसिटी अस्पताल काठमाडौँमा उपचारका क्रममा निधन भएको हो । उनी ६० वर्षका थिए । उनमा एक महिनाअघि कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

२०३६ सालदेखि विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका विष्ट २०४६ साल पहिले प्रतिबन्धित नेपाली कांग्रेसका सदस्य बनेको थिए । २०४९ जिल्ला विकास समिति सुर्खेतको उपसभापति,  २० वर्ष नेपाली कांग्रेस सुर्खेतको सभापति र पूर्व संविधानसभा सदस्य समेत बनेका थिए ।
 





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार ८:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया