ब्राजिलमा पछिल्लो २४ घन्टामा थप २ हजार २४७ कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ८०० पुगेको छ।
बितेका केही सातादेखि ब्राजिलमा दैनिक औसतमा दुई हजार कोरोना संक्रमितले ज्यान गुमाइरहेका छन् ।
हालसम्म ब्राजिलमा कोरोना भाइरसबाट १ करोड ७८ लाख ७३ हजार ७५० जनामा संक्रमण पुष्टि भइसकेको छ ।
ब्राजिलको सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा लापरबाही गरेको भन्दै आलोचना खेपिरहेको छ । ब्राजिलमा कुल जनसंख्याको ११ प्रतिशतले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।