'याेगमाया सम्मान'काे घाेषणा

नेपाल स्रष्टा समाजले २०७८ सालको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ को घोषणा गरेको छ ।

घोषणा अनुसार समाजले यस वर्षको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ साहित्यकार एवम् नेपाली महिलाको हक, हितका लागि संघर्षरत शान्ता मानवीलाई गर्नेछ । यसैगरी ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ योगमायासम्बन्धी अनुसन्धानमूलक ग्रन्थका लेखक समेत रहेका प्रा. डा. गोविन्दमानसिंह कार्कीलाई गरिनेछ ।

आगामी असार २२ गते योगमाया दिवसका दिन प्रदान गरिने दुबै सम्मानको धनराशि २५ हजार १११ रुपैयाँ रहेको छ ।

 





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार ११:३४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया