आँखा अस्पताललाई १० लाख सहयोग

हेटौँडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

अस्पतालमा मेसिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएकाले समस्या समाधान गर्न सो रकम दिइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए । 

उपमहानगरपालिकाको उक्त सहयोग रकमले मेसिन खरिद पछि बिरामीको आँखा परीक्षणमा सहज हुने अस्पतालले जनाएको छ । अस्पतालमा मकवानपुरसहित प्रदेश २ का बारा, पर्सा, रौतहटलगायत विभिन्न जिल्ला तथा भारतबाट आँखा जाँच गराउन बिरामी आउने गरेका छन् । उपमहानगरपालिकाको वार्षिक बजेटबाट अस्पताललाई सो रकम हस्तान्तरण गरिएको हो ।





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १२:१७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया