कास्पर बने युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडी

पोल्याण्डका मिडफिल्डर कास्पर कोजलोस्की युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । 

गएराति स्पेनविरुद्ध मैदानमा उत्रिँदा उनको उमेर १७ वर्ष २४६ दिन रहेको थियो ।

खेलको ५५औँ मिनेटमा म्याथुज क्लिजको स्थानमा मैदान प्रवेश गरेका कास्परले इङ्ल्यान्डका जुडे बेलिङ्घमले यही युरो कपका राखेको कीर्तिमान भङ्ग गरेका हुन् ।

जनु १३ मा क्रोएसियाविरुद्ध मैदानमा उत्रिँदा बेलिङ्घमको उमेर १७ वर्ष ३४९ दिन रहेको थियो । 

बेलिङ्घमले नेदरल्यान्डका जेट्रो विलेम्सले सन् २०२१ मा बनाएको १८ वर्ष ७१ दिनको कीर्तिमान तोडेका थिए ।





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १४:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया