गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेका छन् । मुख्यमन्त्री नेपालीले उनलाई आइतबारै शपथ ग्रहण गराएका छन् ।
तनहुँका काफ्ले यसअघि रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक भएका थिए । दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा सहायक क्याम्पस प्रमुखका रुपमा पनि उनले काम गरिसकेका छन् ।
नेपाली मुख्यमन्त्री बनेपछि उनले पहिलो राजनीतिक नियुक्ति गरेका हुन् । काफ्लेले तत्कालीन जिल्ला विकास समितिमा समेत काम गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।