पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई गाउँपालिकाले दियो राहत

 धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाकामा पोखरीमा डुबेर मृत्यु भएका ५ बालिकाको परिवारलाई मुखियापट्टी मुसहरनिया गाउँपालिकाले राहत उपलब्ध गराएको छ । 

गत जेठ २८ गते शुक्रबार सोही गाउँपालिका–६ स्थित लक्ष्मीपुरमा माछापालनका लागि बनाइएको पोखरीमा डुबेर लक्ष्मीपुरमा ५ बालिकाको मृत्यु भएको थियो । 

मृतक बालिकाहरुको परिवारलाई गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मीरादेवी महतोले आइतबार राहत रकम हस्तान्तरण गरेका हुन् । 

पाँचै बालिकाको परिवारलाई १ लाख ५१ हजारका दरले चेक हस्तान्तरण गरिएको हो । यसअघि प्रदेश सरकारले समेत पाँचै बालिकाको परिवारलाई १–१ लाख रुपैयाँको राहत रकम उपलब्ध गराउने घोषणा गरेको थियो । 

घरबाट खाना खाएर दिउँसो समूहमा बाख्रा चराउन गएका बेला स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको स्थानीय हुलास यादवले माछापालनका लागि बनाएको पोखरीमा डुबेर मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १९:२०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया