देउवानिवासमा विपक्षी गठबन्धनको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध एकजुट बनेका विपक्षी गठबन्धन निरन्तर छलफलमा जुटेका छन् । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा उनीहरुबीच छलफल भएको छ । 

सो छलफलमा कांग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल समूह तथा जसपाको उपेन्द्र यादव समूह पनि सहभागी छ । 

छलफलमा कांग्रेसको तर्फबाट देउवासहित रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का सहभागी छन् । माओवादी केन्द्रको तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् । 

जसपाबाट उपेन्द्र यादव, बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी छन् भने एमालेको नेपाल समूहबाट नेपाल र भीम रावल सहभागी छन् । 

बैठकमा वर्तमान राजनीतिक अवस्था र दैवी प्रकोपका कारण आएको विपत्तिबारे समीक्षा भएको छ । उनीहरुबीच आगामी रणनीतिबारे पनि छलफल भएको बताइएको छ। 





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार २०:५०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया