टेकु पुगेका रवि लामिछानेले भेट्न पाएनन् ज्वाला संग्रौला

आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला र आज पक्राउ परेका उनका साथीहरुलाई भेट्न सन्चारकर्मी रवि लामिछाने टेकु पुगे पनि उनीहरुलाई भेट्न पाएनन् ।

रवि लामिछानेसँग नजिक ज्वालालाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको छ । 

आज दिउँसो उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ परेका संग्रौला र उनका साथीहरुलाई भेट्न गए पनि आफूले भेट्न नपाएको रवि लामिछानेले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् । उनले जाहेरीमा उल्लेख भए बमोजिम संग्रौलाले गल्ती गरेको भए कडा भन्दा कडा सजाय दिनु पर्ने तर विगतमा विभिन्न बेथितीविरुछ बोलेको रिस पनि यही मौकामा फेर्न नहुने फेसबुकको स्टाटसमा लेखेका छन् ।
 





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया