सेफ्टी ट्यांकी भत्किँदा दुई जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

संखुवासभामा सेफ्टी ट्यांकी भत्किँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्लाको खाँदबारी नगरपालिका-४ सेकाहामा ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङ र राईलाई उपचारका लागि जिल्ला अस्पताल संखुवासभामा लगिएको थियो । उपचारकै क्रममा उनीहरूको आइतबार बेलुका साढे सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

स्थानीयवासीले दुबै घाइतेलाई अस्पताल पुर्‍याएका थिए । 
 





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार ७:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया