चीनले गर्‍याे एक अर्बभन्दा धेरै डोज भ्याक्सिन लगाएको दाबी

चीनको नेशनल हेल्थ कमिसन(एनएचसी) ले देशभरमा अहिलेसम्म एक अर्बभन्दा धेरै डोज भ्याक्सिन लगाइएकाे दाबी गरेको छ । यसरी भ्याक्सिन लगाउने चीन विश्वकै पहिलो देश हो । 

चीनपछि अमेरिका दोस्रो स्थानमा रहेको छ । अमेरिकामा ३१ करोडभन्दा धेरै डोज भ्याक्सिन लगाइसकिएको छ । यसै गरी छिमेकी मुलुक भारतमा पनि २७ करोडभन्दा धेरै डोज लगाइएको छ ।

एनएचसीका अनुसार मार्चको अन्तिममा पुरै देशमा भ्याक्सिनेसनको कामलाई तीव्र पारिएको थियो । शनिबारसम्म आउँदा एक अर्बभन्दा धेरै डोज भ्याक्सिन लगाइसकिएको छ । चीनमा लगाइएको डोज पुरै विश्वमा लगाइएको ढाइ अर्बको ४० प्रतिशत हो । यद्यपि एनएचसीले कति मानिसलाई भ्याक्सिन लगाइयो भन्ने कुरा खुलासा गरेको छैन ।

चीनमा २७ मार्चसम्म जम्मा १० लाख डोज खोप लगाइएको थियो । त्यो बेला चीन भ्याक्सिन लगाउने काममा अमेरिकाभन्दा दुई साता पछाडि थियो । एनएचसीको आंकडा अनुसार बितेको महिनामा ५० करोडभन्दा धेरै डोज लगाइएको थियो । 





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार ९:२१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया