सवा किलो सुन लगाएर हिँड्ने गोल्डम्यानले गरे आत्महत्या

गोल्डम्यानको रूपमा चर्चित कुंजल पटेलले आत्महत्या गरेका छन् । पटेलले सम्पत्ति विवादलाई लिएर आत्महत्या गरेको हुनसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । करिब सवा किलो सुनका गहना लगाएर घुम्ने उनी प्रदेशमा गोल्डम्यानका रूपमा प्रख्यात थिए । 

अहमवाद महानगरको माधोपुरा इलाकास्थित योगेश सोसाइटीको बंगला नम्बर ५ मा उनले हिजो (आइतबार) आत्महत्या गरेका हुन् ।

पारिवारिक सम्पत्ति विवादका कारण आत्महत्या

प्रहरीले आत्महत्या गर्नुको कारण पारिवारिक सम्पत्ति विवाद रहेको बताएको छ । प्रहरीले पटेलको बारेमा अनुसन्धान गरिरहेको छ । तर आत्महत्यासम्बन्धी सुसाइड नोट भने फेला पारेको छैन । प्रहरीले यस सम्बन्धमा पटेलका मित्र तथा आफन्तसँग सोधपुछ गरिरहेको छ । 

पटेलले सन् २०१७ मा  विधानसभा चुनावमा शिवसेनाको तर्फबाट उम्मेदवारी दिएका थिए । पछि उनकाे उम्मेदवारी खारेज गरिएको थियो । 

चुनावको बेलामा उनी सुनका गहनाले सुसज्जित भइ भोट माग्दै हिँड्थे । उनको मृत्युले माधोपुरा शोकमा डुबेको छ । उनका साथीहरूका अनुसार उनी हसिलो मुहार भएका राम्रा मानिस थिए । उनीहरूले पटेलले यस्तो गर्छन् भन्ने कहिल्यै सोचेका थिएनन् । 



केही समय पहिला पटेलविरुद्ध एउटा केस दर्ता भएको थियो । उनले भारतीय जनता पार्टीका एक कार्यकर्तालाई धम्की दिएको आरोप लगाइएको थियो । 
 


 



  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार ११:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया