गोकुल बाँस्कोटाको प्रश्न : एकताको खिचडी पकाउनेहरु थाकेका हुन् ?

नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टी एकताको खिचडी पकाउनेहरु थाकेका हुन् भन्दै प्रश्न गरेका छन् । बाँस्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न गरेका हुन् । 

एकताको खिचडीको विषयमा सन्देहसहित बाँस्कोटाले खिचडी पकाउनका लागि चुल्होसमेत धुवाउँन नसकेको भन्दै असारे झरीमा झुर्का नभेटिएको हुनसक्ने टिप्पणी गरे । 

बाँस्कोटाले पार्टी एकताका लागि कम्मर कसेर लागेका नेताहरुबाट खासै उल्लेख्य प्रगति हुन नसकेको व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् । उनले सोधेका छन्, 'एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ?' 

पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको पत्रमा उल्लेखित अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने कुरा कहाँ पुग्यो भन्दै उनले प्रश्न गरेका छन् । 

बाँस्कोटाले अध्यक्ष ओलीले आह्वान गरेको विषय नमान्ने भए अब एकताको रटान छाड्नुपर्ने बताए । उनले एकताको खिचडी पकाउन झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम अब छाड्नका लागि आह्वान गरे । 



 



  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १३:६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया