धनुषामा दिउँसो ३ बजेसम्म पसलहरु खुल्ने, सवारी साधनमा जोरबिजोर

कोरोना संक्रमण दरमा क्रमशः सुधार हुँदै गएको भन्दै स्थानीय प्रशासनले केही क्षेत्र खुकुलो गर्दै धनुषामा सातौँ पटक निषेधाज्ञाको समयावधि पुनः एक हप्ताका लागि बढाएको छ ।

डिसिसिएमसीको सोमबार बसेको बैठकले आगामी असार १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरिएको हो । कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

प्रजिअ बास्तोलाले अत्यावश्यक वस्तुका पसलहरु बिहानदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न सकिने बताएका छन् । त्यस्तै निजी सवारी साधनहरु (मोटरसाइकल समेत) एवं ट्याक्सी र टेम्पु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सञ्चालन गर्न सकिने भएका छन् । 

विद्यालयहरुमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरु वितरणको व्यवस्था गर्न सकिने, सरकारी, अर्धसरकारी कार्यालय, स्थानीय तह एवं संस्थानहरूले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सुचारु गर्ने तथा बैंक एवं वित्तीय संस्थाहरुले नियमित सेवा सुचारु गर्नसक्ने भएका छन् । 

त्यस्तै होटल, रेस्टुरेन्टहरुले अनलाइन अर्डर तथा होम डेलिभरी र टेक अवे विधिबाट मात्र सेवा सञ्चालन गर्नसक्ने भएपनि रात्रिकालीन व्यवसाय सञ्चालनमा भने रोक लगाइएको छ ।





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १५:१९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया