चालू आर्थिक वर्षको ११ महिनामा प्रदेश २ सरकारको विकास खर्च निराशाजनक

चालू आर्थिक वर्ष २०७७–०७८ को ११ महिनामा प्रदेश २ सरकारको विकास खर्च निराशाजनक देखिएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा सरकारले विकास (पुँजीगत) बजेट ३१.४७ प्रतिशत मात्र खर्च गरेको छ । 
साउन देखि जेठ महिनासम्ममा चालू तर्फ ३४.९ र पुँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिए ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७–७८ को ११ महिनामा १० अर्ब ६५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । चालूतर्फ १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार विनियोजन गरेकोमा ११ महिनाको अवधिमा ४ अर्ब ९६ करोड ९२ लाख अर्थात ३४.९ प्रतिशत खर्च गरेको हो ।

त्यस्तै, पुँजीगततर्फ १९ अर्ब १९ करोड ८ लाख १८ हजार विनियोजन गरिएकोमा ५ अर्ब ६८ करोड ६५ लाख अर्थात २९.२३ प्रतिशत मात्र खर्च गर्न सकेको छ । 
चालू आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ । यस मन्त्रालयले ४१.१४ प्रतिशत बजेट खर्च गरेको छ । चालूतर्फ ३५ करोड ६० लाख ८१ हजार र पुँजीगततर्फ ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयले जनाएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा २४.२४ प्रतिशत बजेट खर्च गरेको छ । चालूतर्फ २० करोड र पुँजीगततर्फ ९२ करोड ७८ लाख ७८ हजार रुपैयाँ खर्च गरेको छ । यस मन्त्रालयले कुल १ अर्ब १२ करोड २४ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत झाले जानकारी दिए ।
 
त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो कुल बजेटको ३६.३५ प्रतिशत बजेट खर्च गर्न सकेको छ । यस मन्त्रालयले चालूतर्फ ७ करोड ६ लाख ८६ हजार र पुँजीगत तर्फ १ करोड ८० लाख १० हजार रुपैयाँ बजेट खर्च गरेको उनले बताए । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ११ महिनाको अवधिमा ३२.८ प्रतिशत बजेट खर्च गरेको छ । यस मन्त्रालयले चालूतर्फ ६६ करोड ४३ लाख ४८ हजार र पुँजीगततर्फ ४० करोड ५४ लाख ६० हजार गरी १ अर्ब ६ करोड ९८ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ । 



सामाजिक विकास मन्त्रालयले साउनदेखि जेठसम्ममा चालूतर्फ १ अर्ब ५२ करोड २१ लाख र पुँजीगततर्फ ५८ करोड ४ लाख १ हजार गरी २ अर्ब ८ करोड २५ लाख रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ । 

त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालूतर्फ १० करोड ७ लाख ५३ हजार र पुँजीगततर्फ १७ करोड १३ लाख ४१ हजार रुपैयाँ खर्च गरेको हो । 



सबैभन्दा कम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १३.८ प्रतिशत बजेट खर्च गरेको छ । ११ महिनामा अवधिमा यस मन्त्रालयले चालूतर्फ ३४ करोड १० लाख ६१ हजार र पुँजीगततर्फ ११ करोड १४ लाख ८४ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ ।

यसअघि आर्थिक वर्ष २०७६–७७ मा प्रदेश सरकारले कुल बजेटको ४६.९५ प्रतिशत मात्र खर्च गर्न सकेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६–०७७ मा चालू र पुँजीगत गरी कुल ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार मध्ये १८ अर्ब २ करोड ३० लाख ५० हजार रुपैयाँ मात्रै खर्च भएको थियो । 

त्यसअघि आर्थिक वर्ष २०७५–०७६ मा प्रदेश सरकारले १५ अर्ब ९६ करोड ३४ लाख ४ हजार ९२ रुपैयाँ ६४ पैसा खर्च गरेको थियो । जसमध्ये चालूतर्फ ६ अर्ब ६३ करोड ९ लाख ३९ हजार ४ सय ५८ रुपैयाँ ५५ पैसा र पुँजीगततर्फ ८ अर्ब ४६ करोड ५४ लाख ४ हजार ६ सय ३४ रुपैयाँ ९ पैसा अर्थात् ५१.५५ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १८:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया