सुनिल सेट्टीका छोरा अहान अक्षय कुमारसँग फिल्म खेल्दै

बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहानको डेब्यू फिल्म ‘तडप’ अझै रिलिज भएको छैन । डेब्यू फिल्म रिलिज नहुँदै उनीको हातमा अर्को ठुलो प्रोजेक्ट परेको छ । 

तडपकै निर्माता साजिद नाडियावालाको ठुलो प्रोजेक्टमा अक्षय कुमारसँग अहान अक्षयकुमारसँग फिल्ममा देखिनेछन् । यद्यपि फिल्मको बारेमा धेरै जानकारी बाहिर आएको छैन । तर फिल्म एक्सन थ्रिलर जनराको हुने भारतीय मिडियामा उल्लेख गरिएको छ ।

अक्षय कुमार र सुनिल सेट्टीबीच राम्रो सम्बन्ध रहेको छ । दुबै जनाले धेरै फिल्ममा सँगै काम गरेका छन् । मार्च महिनामा अक्षयले तडपको पोस्टर सेयर गर्दै अहानका लागि ठुलो दिन रहेको बताएका थिए ।

फिल्ममा अहान बाहेक तारा सुतरिया, सुनिल सेट्टी, स्वति कपूर, सरत सक्सेना लगायतका अन्य कलाकारको अभिनय रहेको छ । 

तडपलाई मिलन लुथरियाले निर्देशन गरेका हुन् । फिल्म सेप्टेम्बर २४ मा रिलिज हुनेछ ।





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १०:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया