काेराेनाले राेकिएकाे आरआरआरकाे सुटिङ पुन: सुचारु

बाहुबली फ्रेन्चाइज फिल्मका निर्देशक एसएस रामामौलीकाे निर्देशनमा बन्दै गरेको फिल्म ‘आरआरआर’ बहुप्रतिक्षित फिल्म मध्येको एक हो । कोरोना भाइरसको दोस्रो लहरले गर्दा रोकिएको फिल्म सुटिङ पुनः सुचारु भएकाे हाे ।

सरकारले सुटिङका लागि अनुमति दिइसकेको छ । जुलाई अगस्टमा कोरोना भाइरसको तेस्रो लहर आउने आशंका गरिएको छ । तेस्रो लहर नआउँदै फिल्मको बाँकी सुटिङ सक्ने ध्यानमा फिल्मकर्मी हुनेछन् । 

आरआरआरमा जुनिअर एनटिआर, राम चरण, आलिया भाट, अजय देवगण लगायतका अन्य कलाकारको अभिनय रहनेछ । फिल्मको बजेट ३२५ भारु रहेको छ । फिल्म अक्टोबर १३ मा रिलिज गर्ने प्रस्ताव राखिएको छ ।  


 





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १०:४५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया