डडेलधुरामा मृत फेला परेकी अस्मिता धामीको हत्या भएको पुष्टि

शव पोष्टमार्टम पछिको रिपोर्टमा अस्मिताको हत्या भएको पुष्टि भएको सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले जानकारी दिए । शव परीक्षण रिपोर्टबाट हत्या भएको पुष्टि भएपछि अहिले सोही आधारमा अनुसन्धान अगाडि बढाइएको सुवेदीले बताए । 

जोगबुढा अस्पतालका चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले जानकारी दिए।

 उनका अनुसार बलात्कारपछि हत्या गरिएको हो वा होइन भन्ने विषयमा थप अनुसन्धान गर्न डिएनए परीक्षण गर्नुपर्ने उनले बताए । 

चिकित्सकको सुझाव अनुसार प्रहरीले चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरेको छ ।

नगरपालिका–८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी थिइन् । 

असार ५ गते उनको शव स्थानीय हटवानी सामुदायिक वनमा फेला परेको थियो ।



घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, इलाका प्रहरी कार्यालय जोगबुढाका अतिरिक्त प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालय धनगढीबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएका छन् ।



  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १२:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया