धनमाल लुटपाट गरेको अभियोगमा पक्राउ

सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं तार्केश्वर बस्ने धादिङ घर भएका २४ वर्षीय रवि परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सडकमा हिँडिरहेकी काठमाडौं म्हेपी बस्ने गोरखा धार्चे गाउँपालिका-५ घर भएकी ५० वर्षीया महिलाले घाटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले परियारलाई बसपार्कस्थित विष्णुमती खोला छेउमा सिक्रीसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-२६ म्हेपी पुल नजिक डेरा गरी बस्ने खोटाङ केपिलासगढी गाउँपालिका-१ घर भएका ३९ वर्षीय दिलकुमार राईको नगद १ लाख ५० हजार रुपैयाँ र १ थान मोबाइल सोमबार राति लुटपाट भएको छ ।

सडकमा पैदल हिँडिरहेको अवस्थामा अपरिचित १०-१२ जनाको समूहमा आएका व्यक्तिहरूले उनलाई कुटपिट गरी उक्त नगद तथा मोबाइल लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सोह्रखुटेबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १३:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया