ह्युम पाइपमा अड्किएर दार्चुलामा दुई जनाको मृत्यु

दार्चुल महाकाली नगरपालिका-४ बंगाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलंगा बस्दै आएका १७ वर्षीय किशोर प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलंगा बस्दै आएका १२ वर्षीय बालक रमित कुँवर रहेको दार्चुला प्रहरीले जनाएको छ ।

महाकाली लोकमार्ग, दार्चुला तिंकर सडक अन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरेवल पुलभित्र राखिएको ह्युम पाइपमा अड्किएर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए । गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो उनीहरू बगेर ह्युमपाइपभित्र अड्किएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण निर्माणाधीन पुलभित्र ह्युम पाइप राखेर नदी खुलाइएको थियो ।

ह्युमपाइप भित्र अड्किएर मृत्यु भएका किशोर तथा बालकलाई जेसिभी लगेर निकालिएको हो ।





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १९:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया