सर्वोच्चको आदेश अप्रत्याशित : सचेतक साह
जसपा नेपाल प्रदेश २ का सचेतक परमेश्वर साह । फाइल तस्बिर ।

जनता समाजवादी पार्टी नेपाल प्रदेश २ का नेताहरूले केन्द्र सरकारका २० जना मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेश अप्रत्याशित रहेको प्रतिक्रिया दिएका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उपप्रधानमन्त्रीद्वय राजेन्द्र महतो र रघुवीर महासेठसहित २० जना मन्त्रीलाई पदमुक्त गरिदिएपछि जसपाका नेताहरूमा आक्रोश देखिएको छ ।

जसपा नेपाल प्रदेश २ का सचेतक परमेश्वर साहले सर्वोच्च अदालतबाट भएको निर्णय अप्रत्याशित रहेको दाबी गरेका छन् । उनले भने, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई त स्वीकार गर्नैपर्छ । तर पनि यो फैसला अप्रत्याशित छ । हामीलाई यस्तो हुन्छ भन्ने कुरामा विश्वास नै थिएन ।’

नेता साहले सर्वोच्चले कानुन अनुसार व्याख्या गरे पनि राजनीतिक दलहरूले आगामी दिनमा पनि निरन्तर राजनीति नै गर्ने कुरा स्पष्ट रुपमा जनताले पनि बुझिरहेको बताए ।

उनले सरकारमा सहभागिताबारे केन्द्रको निर्णय रहे पनि यति छोटो समयका लागि जसपाले सरकारमा सहभागिता जनाउन नहुने प्रतिक्रिया दिएका छन् ।





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १९:४३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया