एमाले नेता योगेश भट्टराईले सर्वाेच्च अदालतको पछिल्लो आदेश एमाले एकताको पक्षमा रहेको धारणा राखेका छन् । मंगलबार राति सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भट्टराईले बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ भएको बताएका हुन् ।
‘अदालतका पछिल्ला फैसलाले नेकपा एमाले एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ’ उनले भनेका छन् ।
यो फैसला बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँडजस्तै भएको उनको भनाइ छ ।
अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड ।
— Yogesh Bhattarai (@yogesbhattarai) June 22, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।