सर्वोच्चले प्रधानमन्त्रीलाई उनको हैसियत सम्झाइदियो : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रय सदस्य प्रदीप पौडेलले सर्वोच्चको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको हैसियत सम्झाइदिएको बताएका छन् । 

मंगलबार सर्वोच्चको अन्तरिम आदेशपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले  काम चलाउ सरकारले मन्त्रीमण्डल विस्तार गर्न नसक्ने सर्वमान्य विषय हुँदा हुँदै ओलीले संसदीय मर्यादाको समेत ख्याल नराखेको बताएका छन् । 

ओलीले दम्भका कारण आफ्नो विवेक गुमाए पनि अन्ततः अदालतले उनको हैसियत सम्झाइदिएको पौडेलको प्रतिक्रिया छ । 

कांग्रेस युवानेता पौडेलले सबै राजनीतिक मुद्दाको फैसला अदालतले नै दिनुपरेको भन्दै लाचार संसदलाई इतिहासले भने सधैँ प्रश्न गर्ने बताएका छन् ।





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार २१:३३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया